१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेलाई प्रधानमन्त्री चाहिँदैन, गठबन्धन ८४ पछि पनि रहन्छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले आलोपालो प्रधानमन्त्रीको पक्षमा नरहेको बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका– ११ हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव पोख्रेलले एमालेलाई प्रधानमन्त्री नचाहिएको बताए।

‘हामीलाई प्रधानमन्त्री चाहिया छैन, धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दै छन्,’ उनले भने, ‘हामी यो समीकरणलाई आउने चुनावसम्म कायम राख्न चाहन्छौँ। त्योभन्दा पछि पनि जान सक्छ।’

‘संसद्को पहिलो र दोस्रो दल एक हुनुपर्ने’ कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीको धारणाप्रति लक्षित गर्दै पोख्रेलले अहिले तत्काल समीकरण परिवर्तन गर्न नसकिने बताए। उनले भने, ‘संकटका वेला सबै राजनीतिक दलहरू मिलेको इतिहास पनि छ। तर, सरकार निर्माणको सन्दर्भमा कसैको पनि एकल बहुमत नभएकाले हामीले सरकार निर्माणको समीकरणका लागि खुला गरेका थियौँ। तर, त्यो वेला कांग्रेसले त्यो कुरा अस्वीकार गर्‍यो, त्यसकारण राजनीतिमा विश्वासको वातावरण हुनुपर्छ।’

मुख्य नेतृत्वले दृष्टिकोण नबनाउँदा तलबाट मात्रै कुरा गरेर कुनै सम्भावना नहुने भन्दै मुख्य नेतृत्वले नै दृष्टिकोण निर्माणका लागि सहजीकरण गर्नुपर्ने पोखरेलको भनाइ थियो।

महासचिव पोखरेलले टारिगाउँ एयरपोर्टको धावनमार्ग अब १५ सय मिटरमा विस्तार हुने कुरामा ढुक्क रहन सबैमा आग्रह गरे। ‘कांग्रेसकै पर्यटनमन्त्री हुँदा टारिगाउँ एयरपोर्ट विस्तार गर्न सकिँदैन, बरु नारायणपुर बनाउनुपर्छ भन्ने प्रतिवेदन बनेको थियो,’ उनले भने, ‘त्यसपछि नारायणपुर बनाउनका लागि पहल भए पनि त्यहाँका बासिन्दाले एयरपोर्ट बनाउन नदिएपछि अब उत्तर–दक्षिण बनाएर टारिगाउँ एयरपोर्ट नै विस्तार हुन्छ।’