मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 12 February, 2025
२o८१ असार ४ मंगलबार o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्डको उदीपुरखण्ड सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o९:२८:oo

सोमबार रातिदेखि लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड सञ्चालन भएको छ। बेँसीसहर नगरपालिका– १ उदीपुर दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको  थियो । 

सडक खुलाउन बिहानैदेखि  सुरक्षाकर्मीको टोली परिचालन भए पनि  निरन्तर पानी परिरहेकाले सडक खुलाउन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चापागाईंले जानकारी दिए ।

बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका थिए  । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ ।

याे सडक बिहान एक घण्टा अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका थिए। सडक खुलेसँगै अहिले सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।