१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भ्रष्टाचार भएको पुष्टि नभएको भन्दै विशेष अदालतले सबैलाई सफाइ दिने फैसला गरेको छ। बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गर्दै सफाइको फैसला गरेको हो।

यस मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका महाप्रबन्धकसहित आठजनालाई प्रतिवादी बनाएको थियो। उद्योगलाई २२ लाख ७८ हजार रुपैयाँभन्दा बढी नोक्सानी गराएको दाबीसहित १० माघ ०८० मा दायर मुद्दामा विशेषले सफाइको फैसला गरेको हो।

अख्तियारले यस मुद्दामा उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल र नायब महाप्रबन्धक नवलकिशोर साहका साथै तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमारलाल कर्णलाई प्रतिवादी बनाएको थियो। साथै उद्योगका तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल र नवौँ तहका अधिकृत डेमलाल खनालमाथि पनि मुद्दा चलाइएको थियो।

उद्योगका दुई निर्देशक ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई समेत प्रतिवादी कायम गरिएकोमा सबैले सफाइ पाएका हुन्।

उद्योगका लागि १६० किलोवाटको भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिद गर्ने क्रममा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो। उद्योगका लागि उक्त उपकरण खरिद हुँदा विनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई खरिद गरिएको अनुसन्धानले देखिएको थियो।

केही उपयोग नहुने सामग्री खरिद गरेको, खरिदपछि र खरिदको पाँच वर्षसम्म पनि गुणस्तर परीक्षण नगरेको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगराई निमित्तबाट गराएको र महाप्रबन्धकबाट समर्थनसमेत नगराएको देखिएपछि मुद्दा चलेको थियो। यो मुद्दा दायर भएको पाँच महिना नपुग्दै फैसला आएको छ।