१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Saturday, 26 April, 2025
२o८१ जेठ ३१ बिहीबार १२:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एथलेटिक्समा गण्डकी पहिलो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १२:२८:oo

पोखरामा जारी यू– १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत एथलेटिक्सतर्फ गण्डकी प्रदेश पहिलो भएको छ। कुल १४ विधामा भएको खेलमा चार स्वर्ण, तीन रजत र दुई कांस्य पदकसहित गण्डकी पहिलो भएको हो। 

पदक तालिकामा गण्डकी पहिलो हुँदा अनुष्का अधिकारीले दुई सय र चार सय मिटर रिलेमा गरी दुई स्वर्ण पदक हात पार्दा एन्जल अधिकारीले एक सय मिटर र चार सय मिटर रिलेमा गरी दुई स्वर्ण हात पारेकी थिइन्। 

दोस्रो भएको लुम्बिनीले तीन स्वर्ण, दुई रजत र ६ कांस्य पदक हात पार्‍याे। तेस्रो भएको कर्णालीले तीन स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्यो।

चौथो स्थानमा रहेको मधेश, कोशी र सुदूरपश्चिमले समान एक स्वर्ण, दुई रजत र एक कांस्य पदक हात पार्दा अन्तिममा रहेको बागमतीले एक स्वर्ण, एक रजत र दुई कांस्य पदक जित्यो।

बिहीबार सम्पन्न दुई सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, लुम्बिनीका अभय रानाले २४.८० सेकेन्डमा दूरी पार गर्दै रजत र बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जिते।

छात्रातर्फ गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, सुदूरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्डमा दूरी पार गर्दै रजत र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक पाइन्।

आठ सय मिटर छात्र दौडमा बागमतीका सुनील विकले स्वर्ण जित्ने क्रममा दुई मिनेट नाै सेकेन्डमा दूरी पूरा गरेका थिए। कर्णालीका अनिल शाहीले दुई मिनेट ११ सेकेन्डमा दूरी पूरा गर्दै रजत र लुम्बिनीका विशाल थारूले दुई मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

छात्रातर्फ कर्णालीकी पूर्णिमा बुढाले दुई मिनेट ३६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, गण्डकीकी कञ्चन भण्डारीले दुई मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै रजत र मधेशकी आशा शाहले दुई मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य जितिन्। 

सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण, गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर थ्रो गर्दै रजत र लुम्बिनीका पारसबहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै कांस्य पदक जिते।

छात्रातर्फ लुम्बिनीकी सम्झना थारूले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण, कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर थ्रो गर्दै रजत र गण्डकीकी युना सारू मगरले ७.६० मिटर थ्रो गर्दै कांस्य पदक जितिन्।

छात्रा चार सय मिटर रिलेतर्फ गण्डकीका सुजता कुमाल, आरती विक, एन्जल विक र अनुष्का अधिकारीकाे टोलीले ५६.५९ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, कोशीका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बूको समूहले ५७.११ सेकेन्डमा दूरी पूरा गर्दै रजत र कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाहीले ५७.८८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारू र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण, गण्डकीका इस्पिन पौडेल, अभिषेक धनेत, अंकित रानाभाट र सुशान बोटेको समूहले ४७.२३ सेकेन्डमा दूरी पूरा गर्दै रजत र सुदूरपश्चिमका चित्रबहादुर केसी, बरुणदत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।