१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १२:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने अभियान स्वागतयाेग्य : संयुक्त राष्ट्रसंघ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३८:oo

प्यालेस्टिनी जनताको अतिआवश्यक अधिकारको प्रत्याभूत गर्न बनेको विभागले प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने अभियानलाई स्वागत गरेको छ।

विभागले बार्बाडोस, बहामास, आयरल्यान्ड, जमैका, नर्वे, स्पेन, ट्रिनिडाड र टोबागोलगायत एक सय ४५ देशले प्यालेस्टाइनलाई दिएको राज्यको मान्यतालाई हार्दिकताका साथ स्वागत गरेकाे छ। याे विभाग संयुक्त राष्ट्रसंघ महासभाअन्तर्गत समितिको नेतृत्व गर्ने संस्था हाे। 

विभागले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अपरिहार्य अधिकारलाई समर्थन गरी गाजामा विनाशकारी युद्ध र प्यालेस्टिनी जनताको अस्तित्वको खतराको बीचमा आशा ल्याउन यी देशहरूको दृढ संकल्पको प्रशंसा गर्दछ।

प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई  पुष्टि गर्ने सन् २०२४ मे १० को महासभाको प्रस्तावपछि मान्यताको दिने क्रम बढेको हो।

यस्तो घटनाक्रमले संयुक्त राष्ट्रसंघको बडापत्रमा स्थापित समान अधिकार र आत्मनिर्णयको माग गर्दै बढ्दो अन्तर्राष्ट्रिय आवाजहरू प्रतिध्वनित गर्दछ। यो पूर्वी जेरुसेलमलगायत प्यालेस्टिनी क्षेत्रमा ५७ वर्षे इजरायली कब्जाको अन्त्य र प्यालेस्टाइनको प्रश्नको न्यायपूर्ण, शान्तिपूर्ण र कूटनीतिक समाधानका लागि आवश्यक छ। 

विभागले राष्ट्रसंघीय सुरक्षा परिषद्लाई महासभाले व्यक्त गरेको व्यापक सहमतिसँग जोड्न र प्यालेस्टिनी राज्यलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यको रूपमा प्रवेशका लागि सिफारिस गर्न आग्रह गरेकाे छ।

विभागले अन्तर्राष्ट्रिय समुदायलाई इजरायली कब्जाको अन्त्य गरी प्यालेस्टाइनको  न्यायपूर्ण, स्थायी र शान्तिपूर्ण समाधान गर्न अपिल गरेकाे छ। रासस