१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट वितरणमुखी छ : कांग्रेस नेता केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट वितरणमुखी रहेको प्रतिक्रिया दिएका छन्। 

संसद् भवनपरिसर नयाँन बानेश्वरमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले सरकारले उत्पादनमुखी, रोजगारमुखी र आयात प्रतिस्थापन गर्ने गरी बजेट विनियोजन गर्न नसकेको बताए।

उनले एकातिर आगामी आर्थिक वर्षलाई कृषिमा लगानी वर्षको रूपमा मनाउने भन्ने र अर्कोतिर अघिल्लो वर्षभन्दा दुई अर्ब रुपैयाँ बजेट घटाउने कुरा आफैँमा विरोधाभासपूर्ण रहेको प्रतिक्रिया दिए।

यस्तै, उनले आर्थिक अनुशासन, भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिबद्धता आर्थिक विकासको मूल आधार भए पनि सरकारले ल्याएको बजेट त्यतातर्फ केन्द्रित नदेखिएको बताए।