मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१८ खर्ब ६० अर्बको बजेट सार्वजनिक

पाँच खर्ब ४७ अर्ब आन्तिरक र बाह्य ऋणबाट उठाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

सरकारले आगामी आव ०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले मगलबार संघीय संसदमा सोबराबरको बजेट पेस गरेका हुन्। 

त्यसमा ११ खर्ब ४० अर्ब ६६ करोड चालू र तीन खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत बजेट रहेको छ। यसैगरी, तीन खर्ब ६७ अर्ब १८ करोड वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। चालू आवको तुलनामा यो बजेट ६-२ प्रतिशतले बढी हो ।

सरकारले आगामी आवमा १२ खर्ब ६० अर्ब ३० करोड राजस्व स्रोत जुटाउने भएको छ। यसैगरी, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याइनेछ। 

त्यसअनुसार सरकार खर्च धान्न ५ खर्ब ४७ अर्ब ६७ करोड ऋण लिनुपर्ने देखिन्छ। त्यसमा दुई खर्ब १७ अर्ब वैदेशिक ऋण र तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाइनेछ ।