Skip This
माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
रासस दमक
२o८१ जेठ १२ शनिबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने

Read Time : < 1 मिनेट
रासस, दमक
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १२:५१:oo

नेकपा (माओवादी केन्द्र)ले दमक नगरमा लिची र कागतीका एक लाख बिरुवा रोप्ने भएको छ। संगठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए।

उनका अनुसार भोलिदेखि औपचारिक रूपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो। जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए।

बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना-पत्रसमेत सम्मानस्वरूप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ।

ad
ad
ad
ad