Skip This
इरानी राष्ट्रपति सवार हेलिकाेप्टर दुर्घटनाको पहिलो अनुसन्धान प्रतिवेदन सार्वजनिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format २१:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानी राष्ट्रपति सवार हेलिकाेप्टर दुर्घटनाको पहिलो अनुसन्धान प्रतिवेदन सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o४:oo

इरानको सशस्त्र बलका जनरल स्टाफले बिहीबार इरानी राष्ट्रपति इब्राहिम राइसी र उहाँको टोलीका सदस्यहरू मृत्यु भएको हेलिकाेप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक गरेको छ।

दुर्घटनापछि विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक वरिष्ठ छानबिन समिति सोमबार बिहान घटनास्थलमा आइपुगेको अर्धसरकारी समाचार एजेन्सी तस्निमले इरानको सशस्त्र बलका जनरल स्टाफको रिपोर्टलाई उद्धृत गर्दै बताएको छ।

प्रतिवेदनअनुसार हेलिकाेप्टर बाटोभरि पूर्वनिर्धारित मार्गमा रहेको र उडानमार्गबाट विचलित भएको थिएन। उक्त घटना हुनुभन्दा करिब डेढ मिनेटअघि दुर्घटनाग्रस्त हेलिकाेप्टरका पाइलटले राष्ट्रपतिको सुरक्षामा रहेका अन्य दुई हेलिकाेप्टरसँग सम्पर्क गरेका थिए।

दुर्घटनाग्रस्त हेलिकाेप्टरको भग्नावशेषमा गोली वा यस्तै वस्तुको कुनै निशान फेला नपरेको र हेलिकाेप्टर पहाडमा खसेपछि आगो लागेको बताइएको छ। क्षेत्रको जटिलता, कुहिरो र कम तापक्रमको कारण खोजी र उद्धार कार्य राति हुँदासम्म र त्यसपछि पनि रातभर जारी रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा वाचटावर र उडान टोलीबीचको कुराकानीमा कुनै संदिग्ध मुद्दा फेला नपरेको र थप अनुसन्धानपछि थप विवरण आउने बताइएको छ। थप अनुसन्धानपछि थप विवरण प्रदान गरिने प्रतिवेदनमा उल्लेख छ। 
राइसी र उनको टोली पूर्वी अजरबैजान प्रान्त जाँदै गर्दा आइतबार पहाडी क्षेत्रमा हेलिकाेप्टर दुर्घटना भएको थियो। 

हेलिकाेप्टरमा विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियान र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेताका प्रतिनिधि मोहम्मद अली अले–हासेम पनि सवार थिए। राइसीलाई बिहीबार उनको गृहनगर मसहदको इमाम रेजाको पवित्र मन्दिरमा अन्त्येष्टि गरिएको थियो। रासस