मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
तस्बिर : टिप्ताला नाकामा फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुलगायतको टोली। 
Invalid date format १९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि ताप्लेजुङको टिप्ताला नाका खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o९:oo

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङको टिप्ताला नाका खुलेको छ। शुक्रबार ओलाङचुङगोलाबाट गएका ३३ जना स्थानीय टिप्ताला नाका हुँदै तिब्बत प्रवेश गरेका छन्। 

कोरोना संक्रमण फैलिने डरले चीन सरकारले ०७७ सालदेखि टिप्ताला नाका बन्द गरेको थियो। उत्तरी क्षेत्र चीनसँग जोडिएको ताप्लेजुङको टिप्ताला नाका प्रवेशका लागि ओलाङचुङगोलावासी ३३ जनाको टोली टिप्ताला हुँदै तिब्बतको रिउँ बजारतर्फ प्रवेश गरेकाे हाे। 

टिप्ताला नाका हुँदै तिब्बत प्रवेशका लागि स्थानीय नौजना बिहीबार हिँडेर मौवाटार वास बसेर नाकातर्फ गएका थिए भने केही शुक्रबार ट्याक्टरमा चडेर गएको फक्ताङलुङ गाउँपालिकाका– ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। 

अहिले साँझ ५ बजे नाकाबाट तिब्बततर्फ प्रवेश गरेको वडाध्यक्ष शेर्पाले बताए। वडाध्यक्ष शेर्पाले स्थानीयवासी तिब्बततर्फ जाँदा स्थानीयस्तरमा चौँरीबाट उत्पादित छुर्पी, घिउ साथै हातले बुनेको गलैँचासमेत लिएर गएको बताए। 

तिब्बततर्फबाट अहिले भने ओलाङचुङगोलाका बासिन्दालाई मात्र प्रवेश दिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिए। अध्यक्ष लिम्बूले गोलावासी ३३ जनाको टोली टिप्ताला नाकाबाट तिब्बततर्फ गएको बताए। 

देशका चीनसँग जोडिएका १४ नाकामध्ये ओलाङचुङगोलामा रहेको टिप्ताला नाका पनि शुक्रबारदेखि खुला गरिएसँगै त्यस क्षेत्रका बासिन्दालाई सहज हुने अध्यक्ष लिम्बूले जानकारी दिए। उनका अनुसार जडीबुटी, चौँरीबाट उत्पादित घिउलगायतका सामग्री अहिलेको बजार मूल्य थाहा नभए पनि उता बढी मूल्य पर्ने स्थानीयको विश्वास छ।

ओलाङचुङगोलावासी, लेलेप, घुन्सा, यांमालगायत क्षेत्रका एक सय ३० जनालाई तिब्बत प्रवेश गर्न स्थानीय प्रशासानबाट अनुमतिपत्र पनि वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। 

उत्तरी क्षेत्रमा ०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो। तर,  द्वन्द्वका कारण फक्ताङलुङको ओलाङचुङगोलामा रहेको सिमा भन्सार ०५८ देखि सदरमुकाम ताप्लेजुङमा सरेको छ।