Skip This
संसदमा गृहमन्त्रीकाे सम्बोधनबारे कांग्रेसले माग्यो सरकारकाे जवाफ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ११ शुक्रबार १८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदमा गृहमन्त्रीकाे सम्बोधनबारे कांग्रेसले माग्यो सरकारकाे जवाफ

सिरोहियाको पक्राउको विषयमा ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १८:३४:oo

नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका विषयमा सरकारसँग जवाफ मागेको छ।

बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा सो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेजीले प्रतिनिधिसभाको रोस्टममा उभिएर जुन ढंगले विषयवस्तु प्रस्तुत गर्नुभयो, जसरी सदनभित्र माननीयज्यूहरूलाई खासगरी नेपाली कांग्रेसका सांसदहरूलाई लाञ्छना लगाउने गरी प्रश्न उठाउनुभयो, त्यसमा हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ,’ लेखकले भने।

बैठकमा कान्तिपुर  मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा समेत सरकारको ध्यानाकर्षण गराइएको लेखकले बताए।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, जुन ढंगले आतंकित गरियो त्यो विषयमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको कुरा पनि उठायौँ,’ उनले भने।

ad
ad
ad
ad