Skip This
बालुवाटार  बैठक सकारात्मक : कांग्रेस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बालुवाटार  बैठक सकारात्मक : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १८:१८:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितको कार्यादेशकाे विषय सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्। बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी ठगी प्रकरणमा मुछिएकाे उल्लेख गर्दै लेखकले ‘मूल विषय’ सम्बोधन हुने गरी समितिको कार्यादेश टुंग्याउनुपर्ने बताए।

‘सहकारीको नाम राख्ने वा व्यक्तिको नाम राख्नेभन्दा पनि मूलभूत रूपले जे विषय उठेको छ त्यसलाई सम्बोधन गर्ने हो,’ उनले भने, ‘विभिन्न सहकारीबाट अपचलन भएको रकम कुन सहकारीबाट कहाँ गयो भन्ने मुद्दा उठिरहेको छ, माननीय गृहमन्त्रीजीको नाम पनि जोडिएको छ। उहाँको संलग्नताको विषयलाई नै सम्बोधन गर्ने सवाल हो। कुन भाषाशैलीमा गर्ने भन्ने कुरा बसेर मिलाउँदा हुने भयो।’

ad
ad
ad
ad