१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३९:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

न्युयोर्कमा झल्कियो नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

अमेरिकाको न्युयोर्क सहरमा नेपाल डे परेड सम्पन्न भएको छ। न्युयोर्कको व्यस्त सहर म्यानहाटन आइतबार (स्थानीय समय) दिनभरजसो नेपाली संगीतले गुञ्जायमान बन्यो।

नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिस आ–आफ्नै वेशभूषामा उपस्थित भएका थिए। पञ्चेबाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुन्जिएको परेडमा विभिन्न संघसंस्थाका ब्यानरसहित नेपाली र नेपाली अमेरिकनहरूको उपस्थिति रहेको थियो।

गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो। नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो।

न्युयोर्क सहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्युयोर्क राज्यका सांसद स्टेभन रागालगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा पर्यटकहरूले विशेष रुचिका साथ अवलोकन गरेका थिए।

नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगीतिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको थियो। नेपाली पोसाक, झण्डा र ब्यानरसहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरी आयोजना गरिएको सभामा नेपाली महावाणिज्य दूतावास न्युयोर्ककी वाणिज्यदूत विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने न्युयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, उपवाणिज्यदूत संगीता न्यौपानेलगायतको विशेष आतिथ्यता रहेको थियो।

न्युयोर्क, न्युजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरूले देशप्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रिय भाव प्रकट गरेका थिए। दुई हजारभन्दा बढी नेपाली एवं नेपाली मूलका अमेरिकीहरूको उपस्थिति रहेको कार्यक्रमले अमेरिकामा नेपालीको उपस्थिति र एकतालाई झल्काएको थियो। त्यति मात्र होइन, सगरमाथाको देश नेपाल, बुद्ध जन्मेको भूमि मात्र होइन हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नुपर्ने सन्देश पनि परेडले दिएको थियो।