१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस जनकपुरधाम
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
रासस, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीतिक परिस्थितिका कारण मधेश प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन्।

मंगलबार जनकपुरधाममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले संघीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेश प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक संघीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालको भनाइ छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेश प्रदेशको सरकार पनि परिवर्तन हुन्छ,’ उनले भने।

फरक प्रसंगमा उनले मुलुकको  समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख गरे।