१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले समिति होइन, सरकार मागेको हो : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

सत्तारूढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति नभई कांग्रेसले सरकार मागेको टिप्पणी गरेका छन्। यद्यपि, प्रमुख प्रतिपक्षीसँग संवाद गर्न सरकार तयार रहेको उनले बताए। 

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्।

सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको कांग्रेसप्रति लक्षित गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्।

‘कांग्रेसले संसदीय छानबिन समिति मागेको होइन । समितिको नामबाट सरकार मागेको हो,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘उसको आजको व्यवहारबाट चरित्र उदांगो भएको छ ।’

प्रतिनिधिसभाको आजको बैठकमा पनि कांग्रेसका सांसदले वेल घेर्दै नाराबाजी गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची रहेको बैठकमा समेत कांग्रेसले लगातार नाराबाजी गर्दै अवरोध पुर्‍याएको थियो।