१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडौं
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत

एक सय ५८ सांसद मतदानमा सहभागी, पक्षमा एक सय ५७, एक सांसद तटस्थ, सबैभन्दा ठूलो दल कांग्रेस मतदानमा सहभागी भएन

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पुनः विश्वासको मत प्राप्त गरेका छन्। 

संविधानको धारा एक सयको उपधारा दुई बमोजिम विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

१६ महिने कार्यकालमा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत प्राप्त गरेका हुन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रतिनिधिसभाको दोस्रो ठूला दल एमाले, उनकै नेतृत्वको माओवादी, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादीका सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्रदान गरे।

एक सय ५८ सांसद मतदानमा सहभागी रहेकोमा प्रचण्डको पक्षमा एक सय ५७ मत पर्यो भने एक मत तटस्थ रह्यो ।

प्रतिनिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले मतदानमा भाग लिएन । सहकारी ठगीसम्बन्धी छानबिनका लागि संसदीय छानबिन समिति गठनको लागि दबाब दिँदै आएको कांग्रेसले आज पूरै अवधि वेल घेराउ गर्दै नारावाजी गरिरह्यो।