१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
फाइल तस्बिर ।
कमलराज भट्ट काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समय मागेर आन्तरिक छलफलमा कांग्रेस

प्रतिनिधिसभाको बैठक बस्न विलम्ब 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आन्तरिक छलफलका लागि थप समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न विलम्ब भएको छ।

सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटे पनि टिओआरमा सहमति जुट्न सकेको छैन।

टिओआर तय गर्न बसेको कार्यदलको बैठकमा कांग्रेसले थप आन्तरिक छलफल गर्नुपर्ने भन्दै समय मागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘मिलनविन्दुको नजिक–नजिक पुगेका छौँ । कांग्रेसले थप २० मिनेट समय मागेको छ। आन्तरिक छलफल सकेर कांग्रेसका प्रतिनिधि आएपछि टिओआर टुंग्याउँछौँ,’ एमाले प्रमुख सचेतक बर्तौलाले नयाँ पत्रिकासँग भने।

यसैबीच, थप समय मागेको कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस सांसदहरू संसदीय दलको कार्यालयमा छलफल गरिरहेका छन्।

यसअघि आज बिहान बिहान ११ बजे बोलाइएको बैठक प्रतिनिधिसभाको बैठक कार्यदलमा सहमति जुटाउन भन्दै २ बजेलाई सारिएको थियो।

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खुलाउन लचक भएको हो।

यद्यपि, छानबिन समिति गठनसम्बन्धी कार्यदलको टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन कांग्रेसले आग्रह गरेको छ।