१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १३:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘डोको क्यारी रन’ प्रतियोगितामा कार्की प्रथम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

‘डोको क्यारी रन’ नाम दिइएको (डोकोमा भारी बोकेर दौडने) प्रतियोगितामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– २ का छत्रबहादुर कार्की प्रथम भएका छन्।

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को चौथो दिन (जेठ ६) मा आयोजना गरिएको डोको क्यारी रन प्रतियोगितामा उनले निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गरेर उपाधि जितेका हुन्।

प्रतियोगितामा फिदिन नगरपालिका– १४ का विशाल राई निर्धारित दूरी एक घण्टा १९ मिनेटमा पार गर्दै दोस्राे भए भने मिक्वाखोला गाउँपालिकाका मिंमा विचारी शेर्पाले एक घण्टा १९ मिनेटमा पार गर्दै तेस्राे स्थान हासिल गरे।

उनीहरूलाई सदरमुकाम फुङलिङदेखि सुकेटारको सानो पाथीभरा मन्दिर हुँदै पुनः फुङलिङको कार्यक्रम आयोजना स्थलसम्म कुदाइएको थियो। यसको दूरी १३ किलोमिटर रहेको आयोजकले जानकारी दिए।

धावकहरू १५ किलो बालुवा भरेको डोको बोकेर कुदेका थिए। प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २० र तृतीयलाई १० हजार नगदसहित पुरस्कृत गरिएको छ। दशौँ स्थानसम्मलाई एक हजार नगद र प्रमाणपत्र दिइने आयोजकले जनाएकाे छ।

ताप्लेजुङ पर्यटन महोत्सवमा खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डोको क्यारी रन सञ्चालन गरिएको आयोजक समितिका संयोजक छिरिङ शेर्पाले बताए। यस्तो प्रतियोगिता ताप्लेजुङमा मात्र आयोजना गरिएकाे उनकाे दाबी छ। प्रतियोगितामा १८ जनाले सहभागिता जनाएका थिए।