१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format ११:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार दुर्घटनाका घाइतेको पहिचान खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

मकवानपुरको बकैयामा भएको कार दुर्घटनाका घाइतेको पहिचान खुलेको छ। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले घाइते तीनैजनाको पहिचान खुलेको जानकारी दिए।

प्रवक्ता भण्डारीका अनुसार घाइते हुनेमा बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप शाह, रौतहटको मौलापुर नगरपालिका- १७ को विवेक शाह र मकवानपुरको भीमफेदी गाउँपालिका- ८ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि एम्बुलेन्समा हेटौँडातर्फ ल्याउँदै गरेको प्रवक्ता भण्डारीले बताए। शनिबार बिहान कान्ति लोकपथअन्तर्गत बकैया गाउँपालिका वडा नम्बर १२ चौतारा भन्ने स्थानमा कार भिरबाट खसेको थियो। ललितपुरबात हेटौँडातर्फ आउँदै  गरेको ग ३ च ९४७५ नम्बरको कार भिरबाट अन्दाजी ४ सय मिटर तल खसेको हो।