१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तोलामा २३ सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार ११:३५:oo

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. दुई  हजार तीन सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो।

आजका लागि भने छापावाला सुन तोलामा रु. एक लाख ३७ हजार नौ सयबराबरको मूल्य निर्धारण भएको छ।

त्यस्तै, तेजाबी  सुन बिहीबार प्रतितोला रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो। आजका लागि भने तेजाबी सुन रु. एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ।

यसैगरी, चाँदी भने तोलामा रु. ५० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. एक हजार ६ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ। 

ad
ad