१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o९:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

२५ विधामा ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:३४:oo

गोपीकृष्ण मुभिजले ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’को नयाँ संस्करण घोषणा गरेको छ । आगामी १९ जेठमा हुने अवार्डमा २५ विधामा पुरस्कार प्रदान गरिने भएको छ । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ भन्ने नारासहित ०६९ बाट यो अवार्ड दिन थालिएको हो ।

आयोजक गोपीकृष्ण मुभिजले अवार्डका लागि ०८० मा प्रदर्शन भएका फिल्म सहभागी हुन पाउने जनाएको छ । सहभागीमध्येबाट निर्णायकले छनोट गरेका २३ प्रतिस्पर्धात्मक विधाका विजेतासँगै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा पुरस्कृत र सम्मान गरिनेछ । यस शृंखलाबाट ‘नारायण’ सर्वाेत्कृष्ट निर्माण नियन्त्रक र ‘उद्धव’ दीर्घसाधना सम्मान थप गरिएको छ । गोपीकृष्ण मुभिजले नेपाली कलाक्षेत्रका विशिष्ट व्यक्तित्वको नाममा उनीहरूको सम्मानका लागि अवार्डको नाम राखेको छ ।  स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागितामा नेपालमा चलचित्र छायांकनको सम्भाव्यताको विषयमा २० जेठमा ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ शीर्षकमा छलफलसमेत गरिनेछ । 

गोपीकृष्ण मुभिजकी प्रमुख निकिता पौडेलले देश–विदेशका चलचित्रकर्मीबीच हुने अन्तक्र्रियाले राम्रो छाप छोड्ने बताइन् । ‘गोपीकृष्ण मुभिजले सिनेमा जगत्का हस्तीलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष केही न केही नयाँ काम गर्ने सोच बनाइरहेको हुन्छ । त्यसैले यो अवार्ड गर्न लागिएको हो । म चलचित्र विकास बोर्डको अध्यक्ष भएदेखि बनाएको योजना ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ कार्यक्रम हुँदै छ । स्वदेशी र विदेशी चलचित्रकर्मीबीच हुने अन्तत्र्रिmया कार्यक्रमले राम्रो छाप छोड्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

यी हुन् २५ विधा

  • ‘नारायण’ सर्वाेत्कृष्ट निर्माण नियन्त्रक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘शुभ’ सर्वाेत्कृष्ट पाश्र्वसंगीत गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘प्रदीप’ सर्वाेत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘भुटानी’ सर्वाेत्कृष्ट द्वन्द्व निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘वसन्त’ सर्वाेत्कृष्ट नृत्य निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘किरण’ सर्वाेत्कृष्ट गीतकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘उदीत’ सर्वाेत्कृष्ट पाश्र्वगायन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘शम्भुजित’ सर्वाेत्कृष्ट संगीतकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘तुलसी’ सर्वाेत्कृष्ट सम्पादक, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘मञ्जु’ सर्वाेत्कृष्ट छायाकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘लक्ष्मीनाथ’ सर्वाेत्कृष्ट कथा र संवाद, गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘चेतन’ सर्वाेत्कृष्ट पटकथा लेखन गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘कुसुमे रुमाल’ सर्वाेत्कृष्ट व्यावसायिक चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘पुस्कर’ सर्वाेत्कृष्ट पत्रकारिता पुरस्कार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘गोपालराज’ सर्वाेत्कृष्ट हास्य कलाकार गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘चैत्य’ सर्वाेत्कृष्ट नवअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘विश्व’ सर्वाेत्कृष्ट नवअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘वसुन्धरा’ सर्वाेत्कृष्ट सहअभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘नीर’ सर्वाेत्कृष्ट सहअभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘उद्धव’ दीर्घसाधना सम्मान गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘भुवन’ सर्वाेत्कृष्ट अभिनेत्री गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘शिव’ सर्वाेत्कृष्ट अभिनेता गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  • ‘हिरा’ सर्वाेत्कृष्ट चलचित्र गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
  •  ‘प्रकाश’ सर्वाेत्कृष्ट निर्देशक गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार
ad
ad