१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रदेश प्राविधिक तालिम परिषद् सञ्चालनमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:o४:oo

बागमती प्रदेश सरकारले हेटौँडामा प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् स्थापना गर्ने भएको छ । बिहीबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले परिषद् स्थापना हुने स्थानसँगै संगठन तालिका, दरबन्दी तेरिज, कार्यविवरण, छाप र साइनबोर्डलगायत विषयमा स्वीकृति प्रदान गरेको हो । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा योजनामन्त्री गंगानारायण श्रेष्ठले परिषद्को कार्यालय हेटौँडामा राख्ने तथा  उक्त कार्यालयमा प्रमुख कार्यकारी निर्देशकसहित १३ जनाको दरबन्दी स्वीकृत गरेको जानकारी दिए । कार्यालयमा हाल कायम रहेको दरबन्दीबाहेक पाँचजनाको दरबन्दी स्वीकृत गरी प्रदेश सरकारले तलबभत्ताको व्ययभार लिने निर्णय गरेको उनको भनाइ छ ।

प्रदेश सरकारले यसअघि ०७५ मै प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् स्थापना र सञ्चालन गर्ने उद्देश्यले ऐन र नियमावली निर्माण गरिसकेको भए पनि कार्यान्वयनमा भने आउन सकेको थिएन ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् कार्यान्वयनमा आएपछि प्रदेश सरकारको स्वामित्वमा रहेका संगठित संस्था तथा गैरसरकारी संगठित संस्थाद्वारा सीप विकासको निमित्त दिइने व्यावसायिक तालिमको अवधि सञ्चालन, शिक्षण विधि, पाठ्यक्रम, पाठ्यपुस्तक र सीप परीक्षण निर्धारण गरी लागू गर्न र गराउन सहज हुने भएको छ । 

यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमको क्षेत्र र स्तर निर्धारण गर्ने, तालिमका लागि शिक्षण संस्था, प्रशिक्षण केन्द्र र अनुसन्धानशाला स्थापना र सञ्चालन गर्ने गराउने, बहुप्राविधिक महाविद्यालय स्थापना एवं सञ्चालन गर्ने–गराउने, सामुदायिक, निजी, सहकारी र गैरसरकारी क्षेत्रमा स्थापना वा सञ्चालन हुने प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम सञ्चालन गर्न स्वीकृति दिनेलगायत अनुगमन पनि प्रदेशस्तरबाटै हुने भएको छ ।

ad
ad