१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ठूला अस्पतालका फार्मेसीमै अनियमितता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:१६:oo

काठमाडौंका ठूला अस्पताल परिसरमा रहेका फार्मेसीमा म्याद सकिएका औषधि भेटिएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालय र औषधि व्यवस्था विभागको संयुक्त अनुगमनमा अनियमितता गरेको पाइएको हो ।

अनुगमन गत २३ र २४ वैशाखमा गरिएको थियो । ओम हस्पिटलभित्र सञ्चालित विभु विश्वा फार्मेसी ‘अस्पताल फार्मेसी निर्देशिका, २०८०’ बमोजिम सञ्चालन नगरेको पाइएको छ । सो फार्मेसीले लागु तथा मनोदीपक औषधिको रेकर्ड दुरुस्त नराखेको पाइएको छ । बल्खुस्थित वयोधा हस्पिटल फार्मेसी र कंलकीस्थित सहिद मेमोरियल अस्पताल फार्मेसीमा अनुगमन गर्दा २.८ डिग्री तापक्रममा सञ्चय गर्नुपर्ने औषधि तथा भ्याक्सिन सो तापक्रममा सञ्चय नगरेको पाइएको छ । 

यी फार्मेसीमा औषधि व्यवस्था विभागद्वारा उत्पादन सञ्चय, बिक्री–वितरण तथा सिफारिस गर्न नहुने भनी रोक लगाइएका प्रतिजैविक औषधिको समिश्रण, सिफारिस, सञ्चय एवं बिक्री–वितरण गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा भेटिएका सबै खाद्यपूरक सामग्री र रोक लगाइएका प्रतिजैविक औषधिका समिधा औषधि व्यवस्था विभागले जफत गरिएको छ । कैफियत देखिएका फार्मेसी व्यवसायीलाई विभागमा २४ घण्टादेखि तीन दिनभित्र उपस्थित हुन निर्देशनसमेत दिइएको जनाइएको छ ।

ad
ad