१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासंघद्वारा पत्रकार धम्क्याउनेलाई कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४७:oo

नेपाल पत्रकार महासंघले नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरेलाई समाचार लेखेबापत धम्क्याउने व्यवसायीमाथि कारबाही गर्न माग गरेको छ। 

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य एवं नयाँ पत्रिका दैनिकका संवाददाता चिरञ्जीवी घिमिरेलाई समाचारको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट युवक संगठनका नेता निर्माण व्यवसायी विनोद थापाले गालीगलौजसहित धम्की दिएको घटनाप्रति गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेका हो। 

नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा प्रकाशित ‘जनप्रतिनिधिको सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षक समाचारलाई लिएर व्यवसायी थापाले पत्रकार घिमिरेलाई फोन गरी धम्कीपूर्ण भाषा प्रयोग गर्दै गालीगलौज गरेका थिए। 

महासंघले संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्न सकिने या प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधानलाई छाडेर पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरोधी हर्कत भएको जनाएको छ। 

महासंघले समाचार लेखेकै भरमा धम्क्याउनेलाई कानुनबमोजिम कारबाही गरी पत्रकारलाई स्वतन्त्रता र सुरक्षाको प्रत्यभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ। 

सोमबार व्यवसायी थापाले पत्रकार घिमिरेसमक्ष आत्मालोचना गर्दै माफी मागेका थिए।