१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा जिम्मेवारी दिन आग्रह गर्दै वामदेवले भने– मान्छेबाट गल्ती हुन्छ, ‘रियलाइज’ गर्नु ठूलो कुरा हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूहरू एमालेमा फर्कन तयार रहेको बताएका छन्। एमालेमा फर्कन तयार रहेको भन्दै गौतमले अध्यक्ष केपी ओलीलाई आफूहरूलाई जिम्मेवारी दिन आग्रह गरे।

सोमबार वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गौतमले सो कुरा बताएका हुन्। पार्टी विभाजनपछि ओलीले बाेलाउँदा आफू एमालेमा नजानु गल्ती भएको भन्दै उनले आफूले आत्मालोचना गरेको बताए।

‘मेरो गल्ती–कमजोरी देखिएका छन्, आत्मालोचना गरेको छु,’ उनले भने, ‘मान्छेबाट गल्ती हुन्छ, कमजोरी प्रशस्तै हुन्छ। रियलाइजेसन गर्नु सबैभन्दा ठूलो कुरा हो।’

पहिलोपटक ओलीले बोलाउँदा भेट्न नगए पनि दोस्रोपटक आफैँ गएको सुनाउँदै गौतमले भने, ‘कमरेड हामी फेरि फर्कन्छौँ, मलाई के जिम्मा दिनुहुन्छ अरूलाई के जिम्मा दिनुहुन्छ भनेको उहाँले हाइलेभल कमिटीले निर्णय लिन्छ तपाईंहरूको बारेमा भन्नुभयो। हाइलेभल कमिटीले कहिले के निर्णय गरेको छ मलाई थाहा छैन। आजसम्म म पर्खिरहेको छु, सात–आठ महिना भइसक्यो।’

आगामी निर्वाचनमा पार्टीका लागि अध्यक्ष ओलीले हासिल गरेभन्दा बढी उपलब्धि हासिल गर्ने गरी काम गर्ने गौतमको दाबी थियो । ‘तपाईंले जति उपलब्धि हासिल गर्नुभएको छ, त्यसभन्दा बढी उपलब्धि हासिल हुने गरी म आउँछु । मैले उहाँलाई भनेँ– आगामी ०८४ को निर्वाचनमा हामीले ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाऔँ।’