१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भक्तपुर अस्पतालमा आपतकालीन अभ्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५३:oo

भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र उपचारमा व्यस्त रहँदा प्रहरी भने अस्पताल गेटबाहिर र भित्र रहेका उत्तेजित भिडलाई सम्हाल्ने प्रयास गर्दै थिए । अस्पतालमा केही समय तनाव देखिन्थ्यो । केही समयपछि थाहा भयो भूकम्प जाँदा कसरी घाइतेको उद्धार गरी उपचार गर्ने भनेर रिहर्सल गरिएको रहेछ ।

०७२ वैशाख १२ गतेको महाभूकम्प स्मरण गर्दै भक्तपुर अस्पतालमा बुधबार आपतकालीन अभ्यास गरिएको हो । अस्पतालले सम्भावित भूकम्प प्रकोपको समयमा उपचार सेवालाई प्रभावकारी बनाउन पूर्वाभ्यास गरेको हाे ।

बुधबार मध्याह्न १२ बजेदेखि एम्बुलेन्सले एकाएक दर्जनौँ घाइते ओसारेर अस्पताल ल्याएपछि अस्पतालपरिसरमा निकै कुतूहल छाएको थियो । तीन दर्जन घाइते अस्पतालमा आएपछि बिरामी र कुरुवामा मात्र होइन, स्थानीयमा समेत सन्त्रास फैलिएको थियो । घाइतेको उपचारमा चिकित्सक र अस्पताल स्टाफको हतारोले मानिसमा दुर्घटनाको कारण र घाइतेको अवस्थाबारे चासो बढिरहेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस र आरएनए १६ का उद्धारकर्ताहरूले भूकम्पका कारण च्वांगा गणेशनजिक दुर्घटनामा परेको बसबाट मानिसलाई उद्धार गरी अस्पताल ल्याएका थिए । बसको फलाम काटेर उद्धार गरेका घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको आरएनए १६ का आपतकालीन उद्धारक अरुण सैंजूले जानकारी दिए । तर, यो एउटा आपतकालीन अवस्थाको काल्पनिक दृश्य मात्र थियो ।

सम्भावित भूकम्पको अवस्थामा अस्पतालले पुर्‍याउने सेवाको अवस्था ड्रिलले उजागर गरिदिएको र यसलाई अनुभवको रूपमा लिएर कमजोरीलाई सुधार्ने र आपतको अवस्थामा प्रभावकारी उपचार सेवाको विकास गर्ने उद्देश्यले ड्रिल अभ्यास गरिएको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् ।

यस अभ्यासले विपतको समयमा के-कस्ता अप्ठ्याराे परिस्थितिकाे सामना गर्नुपर्छ भन्ने पूर्वजानकारी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाएकाे र सम्भावित प्रकोपको समयमा यसले उपचार व्यवस्थापनमा अनुभव र आत्मबल मिल्ने उनले बताइन् ।

 

ad
ad