१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको दिन २४ वैशाखमा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

बागमती प्रदेश सरकारले  २४ वैशाखमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यही २४ वैशाखबाट प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयनमा ल्याउने भएपछि उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले २४ वैशाखमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौंको वसन्तपुरमा एक सार्वजनिक समारोहमा सम्बोधन गर्दै प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयनमा आएको घोषणा गर्ने जानकारी दिए।

उनले पहिलो चरणमा सरकारी निकाय र स्थानीय तहको बोर्ड र लेटरहेडमा नेपाली भाषासहित तामाङ र नेपाल भाषा उल्लेख गरी कार्यान्वयन थालिने बताए। यसअघि गत २३ कातिकमा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्थाअनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ। 

सो ऐन राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख गरिएबमोजिम प्रदेश सरकार अघि बढेको हो। प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवंं मन्त्री नारायण श्रेष्ठले बताए।

उनले संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसंख्यकले बोलिने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गरी प्रदेश सरकारका निकायमा लागू गर्दै बागमती प्रदेशमा रहेका संघीय कार्यालयहरू र स्थानीय तहहरूमा लागू गर्न अनुरोधसमेत गर्ने जानकारी दिए।