मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format १५:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मटिहानीको जरलहवा बस्तीमा भीषण आगलागी [तस्बिरसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा सयभन्दा बढी घर जलिसकेको र अझै आगलागी नियन्त्रणमा आउन नसकेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए। 

उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। मेयर मण्डलले मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायतको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि प्रयासरत रहेको बताए। यता अन्य पालिका र जिल्लाबाट समेत वारुणयन्त्र पठाउन मेयर मण्डलले गुहार लगाएका हुन्। 

आगलागी नियन्त्रणबाहिर रहेको भन्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तिनै सुरक्षा निकायबाट सयौँ सुरक्षाकर्मी र स्थानीयहरूसमेत आगलागी नियन्त्रणमा प्रयासरत रहेको बताए। 

उनले मटिहानीका लागि यो कठिन परिस्थिति रहेकोमा सबै स्थानबाट आगलागी नियन्त्रणको साधन–स्रोत सक्दो चाँडै पठाइदिन आग्रह गरे।