१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o२:oo

नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्थाका प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ।

नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो। 

त्यस क्रममा प्रतिनिधिमण्डलका सदस्यहरूले आफूहरू नेपालमा लगानीको क्षेत्र विस्तारका लागि इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धता जनाएका थिए। 

हालसम्म वाणिज्य बैंकहरुसँग मात्र सहकार्य गर्दै आएकामा आगामी दिनमा विकास बैंक र लघु वित्तमार्फत पनि लगानी गर्न चाहेको उनीहरूले बताए। उक्त संस्थाले हालसम्म नेपालमा बैंकहरूमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि ६ सय मिलियन डलर लगानी गरेको छ। 

भेटमा मन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताए । सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उनको भनाइ थियो । प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी), एसियन विकास बैंक (एडिबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेसनल इन्मेष्टमेन्ट, बेल्जियमको बिआई ओ इनभेष्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्विडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए। 

००७ मा नेपाल आएको इन्स्टिच्युसनले ०७८ सालमा नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको तेस्रो संशोधन गरेपछि कर्जा लगानी बढाएको हो । चालू आर्थिक वर्षको हालसम्म उक्त संस्थाले नेपालमा करिब एक सय ५० मिलियन अमेरिकी डलर लगानी गरेको छ । सो संस्थाले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एउटा छुट्टै सत्रको समेत आयोजना गरेको छ। 

यसअघि सोही प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँग भेटेको थियो। सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको भन्दै केही दिनअघि मात्र अध्यादेशमार्फत  लगानीप्रतिकूल ठानिएका विभिन्न नाैवटा ऐन संशोधनको निर्णय गरेको बताए। 

नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्न तथा सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी)को उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड लिने नीति लिएको उल्लेख गरे।