मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घलेगाउँकाे एक घरमा आगलागी हुँदा १४ लाखभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

लमजुङको क्व्होलासोथार गाउँपालिका– ३, घलेगाउँको एउटा घर आगलागीले ध्वस्त बनाएको छ । वडाध्यक्ष आसवीर गुरुङका अनुसार मंगलबार  स्थानीय खरध्वज गुरुङको घरमा आगलागी भएको हो । स्थानीयले घरपरिवारलाई जोगाउन सफल भए पनि घर र घरभित्रका सामान जोगाउन नसकिएको वडाध्यक्ष गुरुङले बताए ।

घटनाबारे जानकारी पाउनेबित्तिकै अस्थायी प्रहरी पोस्ट मालिङबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा गएको थियो। प्रहरीका अनुसार आगलागीका कारण घरभित्र रहेको धान, कोदो, भटमास, राडी, बख्खु, चामललगायत गरी एक लाख ७२ हजार रुपैयाँबराबरको क्षति भएको छ । नगद १२ हजार पाँच सय रुपैयाँ, दुई लाख ८० हजार रुपैयाँबराबरको दुई तोला सुन,एक लाख ५० हजार रुपैयाँबराबरको भाँडा, लुगा, लत्ताकपडालगायत दुईतले कच्ची घरको काठ, जस्तालगायत गरी घरै नष्ट भएको गरी आठ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण कुल १४ लाख १४ हजार पाँच सय रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चापागाईंले बताए। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।