१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

क्लासिक भ्यु रिसोर्टकाे बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३o:oo

एनआइसी एसिया क्यापिटल र क्लासिक भ्यु रिसोर्ट लिमिटेडबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको छ। 

क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो।

रु. १०० अंकित दरमा आफ्नो जारी पुँजीको १४ प्रतिशत (१० लाख ५० हजार कित्ता) सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको रिसोर्टको प्राथमिक सार्वजनिक निष्कास तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो।

क्लासिक भ्यु रिसोर्ट बुढानीलकण्ठ नगरपालिकामा १९ रोपनी क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ। हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ।

रिसोर्ट सञ्चालनका लागि ख्यातिप्राप्त इन्डियन ब्रान्ड ‘सरोवर’को  ‘रोयल टुपिल’सँग व्यवस्थापकीय सम्झौतासमेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
 

ad
ad