१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कञ्चनपुरको यस्तो विद्यालय, जहाँ भर्ना हुन प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ

नर्सरीदेखि कक्षा नौ सम्ममा पाँच सय नयाँ विद्यार्थीले प्रवेश परीक्षा दिए

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

कञ्चनपुरको एक सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। भीमदत्त नगरपालिका– १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यमिक विद्यालयमा भर्ना हुनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। 

विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यार्थीको अत्यधिक चापका कारण नयाँ भर्ना हुन आउने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्रै भर्ना हुन पाउँछन् । चालू शैक्षिक सत्र ०८१ विद्यार्थी भर्ना अभियान चलिरहेका वेला महेन्द्रनगर माविमा भर्ना हुन आउने नयाँ विद्यार्थीका लागि प्रवेश परीक्षा लिएर विद्यार्थी छनाेट गर्न बाध्य भएको हो । 

महेन्द्रनगर नमुना माध्यमिक विद्यालयका अध्यक्ष वीरेन्द्रराज विष्टले विद्यार्थीको चाप बढी भएकाले छनाेट गर्न समस्या हुँदा प्रवेश परीक्षा लिएको र उत्तीर्णलाई मात्रै भर्ना गरिने बताए । अध्यक्ष विष्टले नर्सरीदेखि कक्षा नौसम्ममा मात्रै पाँच सय नयाँ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । गत शैक्षिक सत्र ०८० मा दुई हजार आठ सय २५ विद्यार्थी थिए । ‘निरन्तर अध्ययन गरिरहेका विद्यार्थीको हकमा कक्षा उत्तीर्ण हुँदा प्रवेश परीक्षा गर्दैनौँ,’ उनले भने, ‘नयाँ विद्यार्थीका लागि मात्रै प्रवेश परीक्षा गराएर भर्ना गर्छौँ ।’

बालविकासदेखि कक्षादेखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट गुणस्तरीय शिक्षण गर्ने भएकाले विद्यार्थी र अभिभावकले महेन्द्रनगर मावि रोजेको उनले बताए। महेन्द्रनगर नमुना माविमा सुदूरपश्चिम प्रदेशभरिकै विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। अभिभावकहरूले गुणस्तरीय शिक्षा दिने सामुदायिक विद्यालय भएकाले सन्तानको भविष्यका लागि विद्यार्थी भर्ना गर्न आएको बताएका छन् ।