१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : मानिसको चमत्कारी शक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo

एकपटक देवताहरूमा हरेक मनोकामना पूरा गर्न सक्ने मानिसको गोप्य चमत्कारी शक्तिलाई कहाँ लुकाउने भन्ने विषयमा गम्भीर बहस चलिरहेको थियो । एक देवताले त्यस्तो शक्तिलाई जंगलको घना गुफामा लगेर लुकाउने प्रस्ताव राखे । उनको प्रस्ताव राम्ररी पूरा हुनसमेत नपाउँदै अर्का देवताले भने– यसलाई गुफा या पहाडको शिखरमा लुकाउनुको साटो समुद्रको पिँधमा लुकाउनु सबैभन्दा उपयुक्त हुन्छ । 

सबैको आ–आफ्ना तर्क सकिएपछि एक बुद्धिमान् देवताले प्रस्ताव पेस गर्दै भने– हामीले यस्तो चमत्कारी शक्ति लुकाउन दश ठाउँ खोजी बस्नुभन्दा त बरु यस्तो शक्तिलाई मानव मनको गहिराइमा लुकाइदिऊँ । यसै पनि मान्छेको मन बाल्यावस्थादेखि नै यताउता दौडिरहन्छ । मान्छेले यस्तो अद्भूत शक्ति आफैँभित्र लुकाइएको छ भन्ने कल्पनासम्म गर्न सक्दैन । ऊ संसारभर यसलाई खोज्दै यताउता भौँतारिइरहनेछ । त्यसैले, यस्तो अमूल्य शक्तिलाई हामी उसको मनको भित्री तहमा लुकाऔँ । 

बाँकी सबै देवता उनको प्रस्तावमा सहमत भए । मान्छेको त्यस्तो चमत्कारी शक्तिलाई उसको मनको भित्री कुनामा लुकाइयो । जसलाई आजसम्म मान्छेले कुनै पनि गहनभन्दा गहन उत्खननबाट पत्ता लगाउन सकेको छैन । यस प्रसंगको सार मानव मन असीम ऊर्जाको भण्डार हो भन्ने नै हो । मानिस जे चाहन्छ, उसले त्यो प्राप्त गर्न सक्छ । तर, उसमा आफैँमाथि विश्वास हुँदैन, यो नै सबैभन्दा विडम्बनाको विषय हो । उसलाई आफैँभित्र यति ठूलो शक्ति लुकाइएको छ भन्ने विश्वास नै छैन । त्यसैले, अब सबैले आफूभित्र रहेको असीमित ऊर्जाको खोजी गरी जीवनलाई उज्ज्वल बनाउन सक्नुपर्छ ।

ad
ad