Skip This
विज्ञापन कर नतिर्ने कम्पनीका होर्डिङ बोर्ड हटाउँदै भरतपुर महानगर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
रासस भरतपुर
Invalid date format १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विज्ञापन कर नतिर्ने कम्पनीका होर्डिङ बोर्ड हटाउँदै भरतपुर महानगर

Read Time : < 1 मिनेट
रासस, भरतपुर
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ। शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिक स्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो।

महानगर प्रहरी प्रमुख कृष्णहरि ढकालका अनुसार महानगरपालिकाले पटकपटक ताकेता गर्दा पनि करको दायरामा नआएपछि होर्डिङ बोर्ड हटाइएको हो।

महानगरपालिकाले महानगरभित्र विज्ञापनका होर्डिङ बोर्डको कर उठाउने जिम्मा प्रनिस कन्स्ट्रक्सनलाई दिएको छ। कन्स्ट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बजार क्षेत्रबाट बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, तयारी वेयरलगायतका कम्पनीका होडिङ बोर्ड हटाएको ढकालले जानकारी दिए।

‘महानगरको मापदण्डअनुसार विज्ञापन राखिएका होर्डिङ बोर्डको राजस्व बुझाउनुपर्ने हुन्छ,’ उनले भने, ‘केही कम्पनीले विगत तीन वर्षदेखि राजस्व बुझाएका छैनन्।’

प्रनिस कन्स्ट्रक्सनका बजार प्रतिनिधि दीपक घिमिरेले कर तिर्न समय दिए पनि अटेर गरेपछि होर्डिङ बोर्ड हटाउन बाध्य भएको बताए। उनले कर नतिर्ने अन्य कम्पनीलाई पनि क्रमशः करको दायरामा ल्याइने जानकारी दिए।