मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ९ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ९ आइतबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताल फुट्दा बुढीगण्डकीमा पानीको बहाव उच्च, तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ९ आइतबार १२:४८:oo

हिमपहिरोले गोखराको चुमनुब्री गाउँपालिका– १ स्थित वीरेन्द्रताल फुट्दा बुढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। आज बिहान तालमा ठूलो हिमपहिरो झरेको स्थानीयले बताएका छन्। 

ताल फुटेपछि बुढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपिल गर्दछौँ’, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।  

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए। रासस