मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ८ शनिबार
  • Monday, 17 March, 2025
२o८१ बैशाख ८ शनिबार o८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा युवक फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ८ शनिबार o८:४९:oo

धादिङको खनियाँवास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एकजना युवक फेला परेका छन्। नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन्।

निर्माणाधीन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राति करिब १ बजे घटना घटेको स्थानीय मनीष तामाङले जानकारी दिए। ‘घाँटीको रुद्रीघण्टी आराले काटिएको अवस्थामा भेटिएको हो। उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन्। घाइते बनेपछि उद्धारका लागि गुहार गरेका गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ,’ उनले भने।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए। पहिलो प्राथमिकता घाइतेको जीवन बचाउनु हो। उनले भने, ‘अहिले घाइतेको उद्धारमा लागेका छौँ। अनुसन्धानपछि मात्रै थप जानकारी आउनेछ।’