१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format २o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष गुरुङ जेल चलान, ६ जनासँग धरौटी माग

जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३८:oo

 बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा अदालतले अध्यक्षलाई थुनामा पठाएकाे छ भने अन्य केहीलाई धरौटीमा छाड्ने आदेश गरेको छ।

रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि शुक्रबार सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाएको छ। त्यस्तै, ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपतिपुत्र दीपेशकुमार पुनसँग चार लाख धरौटी माग गरेको छ। यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग चार लाख ४५ हजार, नीता थापामगरसँग दुई लाख र रोशनी गुरुङसँग पनि दुई लाख धरौटी माग गरेको छ। उक्त धरौटी रकम नबुझाएपछि पुन र अछामी थुनामै रहेका छन्। बाँकी चारजना रिहा भएका छन्।  

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको पनि बताए । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जिबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो। शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डाक्टर उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको थियो। 

सहकारीमा नियमित बचत गरेको सर्वसाधारणको रकम ठगी गरेको भन्दै एक हजारभन्दा पनि बढीले प्रहरीमा उजुरी गरेका थिए। सहकारीमा जिबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको  करोडौँ रकम  अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

प्रहरीको अनुसन्धानपछि केही दिनअघि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनमा  करोडौँ रकम अपचलन भएको तथ्य फेला परेपछि सोहीअनुसारको  प्रतिवेदन प्रहरीले बुझाएको थियो।