१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
समाचार डिजिटल संस्करण

एमालेको हीरक महोत्सवमा प्रचण्ड, देउवा र नेपाल अतिथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२४:oo

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापनसँगै १० वैशाखमा ७५औँ पार्टी स्थापना वर्षलाई हीरक महोत्सवका रूपमा मनाउने गरी अन्तिम तयारी गरेको छ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेतालाई अतिथि बोलाइएको छ।

त्यस्तै, नेकपाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’सहित विभिन्न वामपन्थी दलका शीर्ष नेताहरू पनि कार्यक्रममा सहभागी हुँदै छन्। विशेष समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट एकजना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम एमालेले राखेको छ।

महोत्सवमै ७५ वर्षसम्म कम्युनिस्ट पार्टीले खेलेको मुख्य भूमिका, महाधिवेशनका झलकहरूलगायत समेटिएको वृत्तचित्र प्रदर्शनी गर्ने तयारीसमेत  रहेको एमालेले जनाएको छ।