१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको महाधिवेशन प्रतिनिधि परिषदमा २४५४ प्रतिनिधि, ६ प्रतिवेदनमा छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१३:oo

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी हुने भएका छन्। शनिबारबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक र हीरक महोत्सव तयारीका सन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमालेले सो जानकारी दिएको हो।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये दुई हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र तीन सय ८१ जना आयोजक छन्। केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्यबाहेकका केन्द्रीय सदस्यलाई एमालेले आयोजक मानेको छ।

परिषद् बैठक ८ र ९ वैशाखसम्म चल्नेछ भने १० वैशाखमालाई पार्टी स्थापनाको ७५औँ वर्ष प्रवेशलाई हीरक महोत्सवको रूपमा मनाउने एमालेको तयारी छ। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बैठक र महोत्सव आयोजना हुनेछ।

परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने केन्द्रीय निकायहरू– केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

एमालेमा विधानको धारा १५ बमोजिम विधान महाधिवेशनको हैसियतमा बाहेक राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार आयोजना गरिने वैधानिक व्यवस्था छ।

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजनामाथि छलफल हुनेछ। परिषद् बैठकमै मिसन ग्रासरुट अभियान, झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको अभियानलगायतका विषय पनि समीक्षाको एजेन्डाका रूपमा प्रतिवेदनहरूमा अगाडि सारिएको छ।