१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका शिल्पा कर्ण
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध–निर्देशक सुनील पौडेल दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, शिल्पा कर्ण
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनील पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।

विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार पौडेललाई दोषी ठहर गर्दै इजलासले २५ वैशाखमा सजाय निर्धारणको पेसी तोकेको छ। पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक हुन् । साथै उनी पछिल्लोपटक नेपाल टेलिकमको प्रबन्ध–निर्देशकका रूपमा कार्यरत थिए ।

नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौजनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो।