१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको संकल्प प्रस्ताव बहुमतले पारित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध विपक्षी दलहरू नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभाले बहुमतले पारित गरेको छ। 

संविधानको धारा १८३ को उपधारा ३ अनुसार प्रदेश सभाका दुईचौथाइ सदस्यहरूको लिखित अनुरोधमा प्रदेश प्रमुख परशुराम  खापुङले ६ वैशाखमा  आह्वान गरेको विशेष अधिवेशनको शुक्रबार बसेको दोस्रो बैठकबाट संकल्प प्रस्ताव बहुमतले पारित भएको हो।

संकल्प प्रस्तावको पक्षमा विपक्षी दल एमाले र माओवादी केन्द्रका उपस्थित ५२ सांसदहरूले प्रस्तावको पक्षमा मत प्रकट गरे। विपक्षमा रहेका सत्तापक्षका कांग्रेस र जनता समाजवादीका सांसदले हुन्न भनेर मत प्रकट गरेनन्। उपस्थित राप्रपाका तीन सांसद भने तटस्थ बसे।

विपक्षी दल एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक भएर ३ वैशाखमा दर्ता गराएको संकल्प प्रस्तावमा मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्रै कि त संसद्को सामना गर्नुपर्ने कि राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावलाई सांसदहरू माओवादी केन्द्रका गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलालले समर्थन गरेका थिए।

शुक्रबार प्रस्तावको छलफलमा सहभागी विपक्षी दलका सांसदहरूले अल्पमतमा परिसकेका मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। सत्तापक्षका सांसदले भने मुख्यमन्त्रीको बचाउ गर्दै संकल्प प्रस्ताव खारेज गरेर सर्वदलीय सरकार बनाउनुपर्नेमा जोड दिएका थिए।

कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ राप्रपाका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादीका एक सांसद छन्। सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। जनता समाजवादीले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने जनाइसकेको छ।