१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तस्बिर : एसिसी
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

युएईसँग नेपाल ६ विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

एसिसी प्रिमियर लिगको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ।

ओमानको अल अमरात क्रिकेट मैदानमा १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर ११९ रन जोडेको थियो।

युएईको जितमा अलिसान सराफले सर्वाधिक ५५ रनको योगदान गरे। त्यसैगरी, विष्णु सुकुमारन २८, सैयद हैदर १४, मोहम्मद वसिम ११ र आसिफ खान १० रन जोडेर पेभेलियन फर्किए। आयन अफ्जल खान तीन रन जोडेर नटआउट रहे।

नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिँदा अन्य खेलाडी विकेटविहीन रहे।

पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक रन बनाए। ४० बल खेलेका उनले चार चौका र दुई छक्काको मद्दतले ५० रन जोडे। गुल्सन झा २० तथा करण केसीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

ओपनर कुशल मल्ल पहिलो बलमै आउट हुँदा अर्का ओपनर आसिफ सेख पनि ११ बलमा आठ रन बनाएर पेभेलियन फर्किएका थिए।

१८ बल सामना गरेका कप्तान रोहित पौडेलले पनि पाँच रन मात्र बनाउन सके। कुशल मल्ल तीन, दीपेन्द्रसिंह ऐरी पाँच, सोमपाल कामी दुई रन बनाएर आउट हुँदा अविनाश बोहरा र ललित राजवंशीले क्रमशः एक र दुई रन जोडेर नटआउट रहे।

नेपाललाई सस्तैमा समेट्न युएईका जुनैद सिद्दिकी, अलि नासिर र बसिल हमिदले समान दुई–दुई तथा ओमिद सफी रहमान, आयन अफ्जल खान र मोहम्मद फारुकले एक–एक विकेट लिएका थिए।