१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ७ शुक्रबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका चौतारा (सिन्धुपाल्चोक)
२o८१ बैशाख ७ शुक्रबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चीनबाट आयातित रासायनिक मल काठमाडौं ढुवानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, चौतारा (सिन्धुपाल्चोक)
नयाँ पत्रिका
२o८१ बैशाख ७ शुक्रबार १o:४o:oo

चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ। करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ। बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ।