१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख १९ बुधबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मधेश प्रदेशमा ११औँपटक मन्त्रिपरिषद् विस्तार 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:२६:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ महिनाको कार्यकालमा ११औँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।

केन्द्रमा हुने सत्तागठबन्धन फेरबदलका कारण मधेश प्रदेशमा पनि पटक–पटक सत्तासमीकरण फेरिँदै आएको छ। मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेशप्रमुख सुमित्रादेवी भण्डारीले बिहीबार मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीलाई शपथ गराएकी हुन्। 

मन्त्री हुनेमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर १(२)बाट निर्वाचित साहलाई तत्काल विनाविभागीयमन्त्री बनाइएको छ भने रौतहट ४ (१)बाट निर्वाचित भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटनमन्त्री बनाइएको छ।

माओवादीले उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाएर उक्त मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिइएको छ। त्यसैगरी, सर्लाही १(२) बाट निर्वाचित लुगेंली पनि अहिले विनाविभागीयमन्त्रीको रूपमा शपथ लिएकी हुन्। नेकपा एसका एक सांसदले लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको बताए। 

त्यसैगरी, नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको रूपमा शपथ लिएकी छिन्। मुख्यमन्त्री यादवले अहिले आफूसँग श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय राखेका छन्। 

गत वैशाख ४ गते लोकतान्त्रिक पार्टीका रमेशप्रसाद कुर्मीले वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका थिए। आज भएको मन्त्रिपरिषद् विस्तारसँगै अब मधेश प्रदेशमा १२ मन्त्री र तीन राज्यमन्त्री रहेका छन्। 
 

ad
ad