१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेमा किम्बु खाएर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२३:oo

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– ४ मा किम्बु खाएर अत्यधिक बान्ता भई एक बालकको मृत्यु भएको छ । नमोबुद्ध– ४ काफ्लेथोक बस्ने गणेशप्रसाद मैनालीका १२ वर्षीय छोरा प्रशान्त मैनालीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार  बुधबार विद्यालयबाट घर फर्कने क्रममा किम्बु खाँदै गएकोमा घर पुगी अत्यधिक बान्ता गरेपछि उपचारका लागि मेथिनकोट अस्पताल भकुण्डेमा लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाएकोमा पोस्टमार्टमपश्चात् शव परिवारले बुझेको प्रहरीको भनाइ छ।

ad
ad