१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o९:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जीर्ण विद्यालयमा कलिला बालबालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३o:oo

दार्चुलाको शैल्यशिखर नगरपालिका– ७ दोबाटामा रहेको भैरवनाथ आधारभूत विद्यालयको भवन जीर्ण भएको लामो समय भइसक्यो । १३ वर्षअघि निर्माण भएको विद्यालय भवन मर्मत नहुँदा जीर्ण भवनमुनि बसेर कलिला बालबालिका अध्ययन गर्न बाध्य छन् ।

कक्षा एकदेखि तीनसम्म पढाइ हुने विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत छन् । कार्यालय सहयोगीसहित चारजना शिक्षक–कर्मचारी छन् । ‘विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएकाे छ,’ विद्यालयका प्रधानाध्यापक जानकी धामीले भनिन्, ‘चर्को घाम र वर्षातमा पानी आउना साथ विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।’ 

विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीलाई विद्यालय पठाउन जोखिम रहेको अभिभावक गणेश खत्रीले बताए । ‘कक्षाकोठामा निकै पुराना डेस्कबेन्च छन् । छानाको जस्तापाता खियाले छोपेको छ । कतै जस्तापाता उक्किन थालेका छन् त कतै उक्किएर छानो पूरै बाहिरबाट भित्र देखिने भएको छ,’ उनले भने,  ‘झ्यालढोकामा पल्ला छैन, सबै खुलै छन् । गत वर्ष हुरीले छानाको जस्तापाता उडाइदिएको थियो ।’

भवन मर्मतसम्भारका लागि वडा कार्यालय, नगरपालिका कार्यालयसँग हारगुहार गरिसक्दा पनि कुनै सुनुवाइ भएको छैन । ‘डेस्कबेन्च अभावमा विद्यार्थीहरू चकटी बिछ्याएर भुइँमा बस्न बाध्य छन्,’ धामीले भनिन्, ‘स्कुलको अवस्थाबारे सबैलाई थाहा छ, तर कतैबाट बजेट आएको छैन ।’

यस विद्यालयमा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिकाका बालबालिका पढ्न आउँछन् । तीन कक्षासम्म पढाइ भए पनि नेपाल सरकारले बालविकास शिक्षकको एउटा मात्र दरबन्दी दिएको छ । अन्य दुईजनालाई नगरपालिकाले मासिक आठ हजार रुपैयाँका दरले तलब दिने गरेको छ । 

शैल्यशिखर नगरपालिका- ७ का वडाध्यक्ष पुष्पराज जोशीले विद्यालय भवन मर्मतसम्भारका लागि नगरपालिकाले पहल गरिरहेको बताए । ‘हामी राम्रो नयाँ भवनका लागि पहल गर्दै छौँ । आगामी वर्षको बजेटमा केही व्यवस्था हुन्छ होला,’ उनले भने, ‘विद्यालयको भौतिक संरचना सुधारका लागि संघ र प्रदेश सरकारसँग समेत बजेट माग गरेका छौँ । भवन बनाउने कुरामा हामी आएदेखि पहल भइरहेको छ ।’