१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तेस्रोपटक सर्‍यो एकीकृत समाजवादीको महाधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४१:oo

सत्तारूढ दल एकीकृत समाजवादीको महाधिवेशन फेरि सरेको छ । आगामी ३–७ जेठसम्म तय भएको महाधिवेशन १६–२० असारमा गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘आन्तरिक तयारीका कारण संगठनको तल्लो तहको मागबमोजिम जिल्ला कमिटीले माग गरेअनुसार र केन्द्रले विश्लेषण गरेर दशौँ महाधिवेशन केही दिनपछि सारेका छौँ । आगामी १६–२० असारसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

संगठनका सबै तहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने माग जिल्लाहरूले राखेका थिए । आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाइएका सुझावमा निर्वाचित नेतृत्व हुनुपर्ने माग गरिएको थियो । वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचित हुनुपर्ने र पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवाको सहभागिता गराउने एकीकृत समाजवादीको तयारी छ ।  

ad
ad