५० वर्षभन्दा बढी समय भारतको राजनीतिक परिदृश्यमा प्रभुत्व जमाएको कंग्रेस प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा)को दबदबामा कमजोर देखिन्छ । भारतका तीन राज्यमा सरकार रहेको भए पनि कंग्रेस अस्तित्वको संकटसँग लडिरहेको छ । आफ्नो विगतको स्थिति हासिल गर्न कंग्रेसलाई स्पष्ट दृष्टिका साथ ठूलो चिरफार आवश्यक छ । सन् २०२४ को चुनावका लागि पार्टीले ल्याएको घोषणापत्रले यसका शुभचिन्तकमाझ केही आशा जगाएको छ । यो पार्टीले अन्ततः आफ्नो नयाँ सामाजिक आधार कुन हो भन्ने चिनेजस्तो गरेको छ ।
पुरानो कंग्रेसको पतन सन् १९८९ को चुनावपछि सुरु भयो । तीन घटनाले पार्टीलाई धक्का दियो । बोफोर्सवरिपरिको अभियान, भिपी सिंह सरकारद्वारा मण्डल आयोगको कार्यान्वयन र भाजपाको नेतृत्वमा राम मन्दिर आन्दोलन । राम मन्दिर आन्दोलनले उत्तर भारतमा नयाँ हिन्दू मतदाताको आधार सिर्जना गर्यो,जुन भाजपातर्फ आकर्षित भयो । उता आक्रामक ओबिसी/दलित नेतृत्वको उदयको कारण, उच्च जातिको वर्चस्व खतरामा परेको थियो । उत्तर प्रदेश र विहारजस्ता राज्यमा शक्तिशाली उच्च जातिले समेत सीमान्तकृत महसुस गर्न थालेका थिए । तिनको समर्थन समेत भाजपातर्फ गयो ।
सन् २०१९ को हारपछि यस पार्टीले बल्ल भाजपा धेरै नै हाबी भएको बुझ्यो । पार्टीले आफ्नो हराएको आधार फिर्ता लिन केही महत्वपूर्ण कार्य गर्नुपर्ने आवश्यकता आईलागेको थियो । राहुलको भारत जोडो यात्रा यही अनुभूतिको परिणाम थियो । पार्टीले तल्लो तहमा पार्टीका कार्यकर्तालाई ऊर्जा दिने र मुस्लिम मतदातालाई पनि कंग्रेसतर्फ आकर्षित गर्न सुरु गरे । त्यसपछि कर्नाटक र तेलंगानामा पार्टी विजयी भयो । कंग्रेसले आफ्नो सामाजिक आधारलाई पुनर्निर्माण गर्न आवश्यक महसुस गर्यो । सामाजिक न्यायको राजनीतिले मात्र हिन्दुत्वको उदयलाई रोक्न सक्छ भन्ने उसले बुझ्यो । नितिश कुमारको संकेत लिएर राहुल गान्धीले जातीय जनगणनाको वकालत गर्न थाले । यद्यपि, वास्तविक ‘गेम चेन्जर’ आमचुनावका लागि हालै जारी गरिएको घोषणापत्र हो, जुन सामाजिक न्यायका तीन प्रमुख वाचामा केन्द्रित छ :