१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक साता बित्दा पनि उठेन भीमाको शव : अस्पतालको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१३:oo

गत २९ चैतमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएकी भीमा गुरुङको शव अझै उठ्न सकेको छैन । दैलेखको आठबिसकोट नगरपालिका– ५ पीपलकोटकी २२ वर्षीया गुरुङ सामान्य पेट दुखाइपछि २८ चैतमा हिँडेरै अस्पताल पुगेकी थिइन् । 

अस्पतालका डाक्टरले पाठेघरमा सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनी भर्ना गरेका थिए । २९ चैतमा डाक्टरहरूको टिमले यो केस सामान्य भएकाले चिन्ता नगर्नू भनी आफन्तलाई भनेर शल्यक्रिया कक्षमा लगिएको भीमाका बुबा गोविन्दबहादुर गुरुङले बताए । ‘अपराह्न पौने ३ बजेसम्म सबै ठीकै छ भनेर रगत चढाइरहेकोमा एक्कासि ३ बजेतिर तपाईंको बिरामीको अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको थियो,’ उनले भने, ‘त्यसको केही समयपछि मृत्यु भएको जानकारी गराइयो । शल्यक्रियाका क्रममा बिरामीको अवस्थाको विषयमा बीचमा कुनै जानकारी नगराइनु र डाक्टरहरूको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटि र लापरबाहीका कारण भीमाको मृत्यु भएको हो ।’

घटनापछि कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग छलफल हुँदा यो केस हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ आएकाले आफूहरूलाई संशकित बनाएको गोविन्दबहादुरले बताए । ‘केस निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको घरपरिवारको मान्छेलाई किन जानकारी गराइएन ?’ उनले प्रश्न गरे, ‘त्यस्तो गम्भीर केस थियो भने स्त्रीरोगसम्बन्धी सिनियर डाक्टरहरूलाई उपचारमा किन संलग्न गराइएन ?’ 

भीमाको मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने उनका ससुरा धनबहादुर बलामी मगरले बताए । ‘आठमहिने नाबालिका दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये एकजनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेका छौँ,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक नलिई गैरजिम्मेवारीपन प्रदर्शन गरेको छ ।’ अस्पताल प्रशासनले पीडितको मागबारे कुनै सुनुवाइ नगरेपछि भीमाको शव प्रदेश अस्पतालमै छाडेर घर जान लागेको उनले बताए । 

ad
ad