
महान् विचारक कन्फ्युसियस चीनमा ठूला दार्शनिकका रूपमा परिचित थिए । चीनका सम्राट् पनि उनको धेरै आदर गर्थे । एक दिन चिनिया“ सम्राट्ले उनीस“ग भने, ‘कन्फ्युसियस, मलाई त्यस्तो मानिस भएको ठाउ“मा लैजाऊ जो सबैभन्दा महान् छ ।’
सम्राट्को आदेश खस्न नपाउ“दै कन्फ्युसियसले भने, ‘त्यस्तो महान् मान्छे त तपाईं आफैँहुनुहुन्छ, किनकि जसले सत्य थाहा पाउने इच्छा राख्छ ऊ नै महान् हो ।’ कन्फ्युसियसको जवाफ सुनेपछि एकछिन सोचेर सम्राट्ले भने, ‘तिमी मलाई मभन्दा पनि महान् मानिसको बारेमा भन ।’ सम्राट्को आदेश पाउनासाथ कन्फ्युसियसले भने, ‘तपाईंभन्दा महान् मानिस मै हु“, किनकि म सत्यलाई पे्रम गर्छु ।’
सम्राट्ले फेरि भने, ‘त्यो त हो, तिमी मभन्दा त महान् छौ । तर, मलाई त तिमीभन्दा पनि महान् मानिस चाहियो ।’ सम्राट्को चाहना बुझेपछि कन्फ्युसियसले भने, ‘त्यसो भए ठीक छ, तपाईं मस“ग हि“ड्नुस् । म तपाईंलाई त्यस्तो मानिसकहा“ लिएर जान्छु, जो हामी सबैभन्दा महान् छन् ।’
त्यसपछि दुवै महान् मान्छेको खोजीमा हि“डे । एक ठाउ“मा उनीहरूले एउटा वृद्ध मानिसले कुवा खनिरहेको देखे । दार्शनिक कन्फ्युसियसले भने, ‘सम्राट् ! हेर्नुस् त, यी व्यक्ति धेरै वृद्ध भइसकेका छन् । शरीर पनि धेरै दुर्बल छ र पनि कुवा खनिरहेका छन् ।’ सम्राट्ले त्यसको कारण जान्न खोजे, ‘यति वृद्धावस्थामा पनि उनी किन यसरी सकिनसकि कुवा खनिरहेका छन् ?’ कन्फ्युसियसले जवाफ दिए, ‘उनी यो सब परोपकारका लागि गरिरहेका छन् सम्राट् ! उनको आनन्दको अनुभूति परोपकारमा निहित छ । जसको तनमन यस्तो आनन्दानुभूतिमा काम गर्छ, अब योभन्दा महान् को हुन सक्ला र, होइन त सम्राट् ?’ सम्राट्लाई उनको तर्क चित्त बुझ्यो । उनले ती वृद्धलाई ठूलो सम्मान दिए ।